हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेस नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने परियहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरि जारी गरिने छ। उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट मुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेससँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उक्त हता विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्नेछ ।
अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप भी दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरुको सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताउनु भएको छ । दुबै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउदछ। यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसंग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्नेछन् । उच्च शिक्षा अध्ययनको लागि पनि यहि समयमा विद्यार्थीहरू विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्नेछ ।
यी दुबै कार्डका प्रयोगकर्ताहरुले प्राप्त गर्न सक्ने लाभ तथा फाइदाहरु यस प्रकार छन्। आकर्षक नगद फिर्ता (क्यास ब्याक) हिमालयन बैंक अमेरिकन एक्स्प्रेस केडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०१ वा बढीमा ने.रु. ३,०००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक प्राप्त गर्न सक्नु हुनेछ । त्यसै गरी हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५०% वा बढीमा ने.रु. २,४००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।














