सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चरबीच आकर्षण छुट सम्झौता

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।
उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। सो सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ।
उक्त सम्झौता अनुसार ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ। आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।













