कुमारी बैंकका ग्राहकलाई होटेल शिरिषमा विशेष छुट

२६ श्रावण २०७९, बिहीबार ०७:०५

काठमणडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सल्यायनको कपुरकोट नगरपालिका–३ स्थित होटेल शिरीष विशेष छुट पाउने भएका छन्। सो छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने भएका हुन्।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो। बैंकका डेबिट–क्रेडिट कार्डवाहकले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*