बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

२६ श्रावण २०७९, बिहीबार ०६:००

काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापश्चात बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन्। बैंकका कार्डबाहकले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ। भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानीलगायतका सेवाहरुको उपभोग मिल्नेछ। यसका साथै बैंकका कार्डबाहकले मोकोमार्फत स्क्यान गरी १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*