नेशनल माइक्रोफाइनान्सको नाफा सवा ४० करोड रुपैयाँ, इपीएस बढ्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । यस अवधिसम्म लघुवित्तको खुद नाफा अघिल्लो आवको तुलनामा २७१२ प्रतिशतले बढको छ । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६३ प्रतिशत बढेर ८० करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७.५३ प्रतिशतले बढेर ६३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपैयाँ ६० पैसा बढेर ६८ रुपैयाँ ४४ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ११५ प्रतिशतले बृद्धि भई कोष्मा ७४ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी ०.२० प्रतिशत, निक्षेप २०.७१ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ ।













