नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता, विद्यार्थीले पाउने भए यस्ता सुविधा

२६ श्रावण २०७९, बिहीबार १३:०४

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो विभागका बिद्यार्थीहरु र प्रध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्क क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्न सक्नेछन् ।

बैंकको अनुसन्धान सम्बन्धि कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रुपमा प्राध्यापकहरुलाई आवश्यकता अनुुसार बैंकले अनुसन्धानको लागि बिषय विज्ञका रुपमा नियुुक्त गर्नेछ । त्यसैगरि बैंकले गरेका अनुसन्धान सम्बन्धि कार्यमा व्यवस्थापन विभागमा सन्चालित शैक्षिक कार्यक्रमहरु एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थिहरुलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृतिस्वरुप न्युनतम ५ जना विद्यार्थिहरुलाई बंैकले प्रति बिद्यार्थिहरुलाई प्रत्यक शैक्षिक सत्रमा नगद तीस हजार रुपैयाँ प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागका एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी २ जना सर्वोत्कृष्ट विद्यार्थिहरुलाई प्रत्यक शैक्षिक सत्रमा नगद र मेडल सहित नेपाल बैंक कर्पोरेट अवार्ड समेत प्रदान गर्नेछ ।

मिति २०९ साउन २४ गते नेपाल बैक लिमिटेडको प्रधान कार्यालय सम्पन सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय व्यवस्थापन बिभागका निमित्त बिभागिय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*