कोषको आकार बढाउँदा उन्नति सहकार्य लघुवित्तको नाफा घट्यो

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकशित गरेको गत आवको चौथा त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा ह्वात्तै घट्न पुगेको हो ।
यस अवधिसम्ममा लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा ५४.६७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यस अवधिसम्म संस्थाले ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घट्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार नदेखिएको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.१७ ले घटेर २१ करोड १८ लाख ८७ हजार रुपैयाँमा कायम एको छ । त्यस्तै, सञ्चालन नाफा ६०.६८ प्रतिशतले घटेर ५ करोड ३४ लाख ९५ हजार रुपैयाँमा कायम भएको छ ।
समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापूँजी २२ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिभर्जको आकार ४२.५४ प्रतिशतले बढेर कोषमा ९ करोड ९ लाख रुपैयाँ संचित रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषको आकार बढाएसँगै नाफामा सुधार गर्न नसकेको हो ।
त्यस्तै, नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसाले घटेर ५३ रुपैयाँ ९२ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ७० पैसा रहेको छ । यस अवधिसम्म लघुवित्तको सापटी २ अर्ब २२ करोड ८२ लाख, निक्षेप संकलन १ अर्ब १८करोड ८३ लाख र कर्जा परिचालन ३ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।













