ब्याज आम्दानी घटेसँगै एनएमबि लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २१% ले बृद्धि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उच्च गिरावट आएको छ ।
गत आवको असार मसान्तसम्ममा संस्थाले १२ करोड ७९ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३५.६३ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घट्न पुगेकोले लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो । समिक्षा अवधिसम्म लघुववित्तको खुद ब्याज आम्दानी ६.१५ प्रतिशतले घटेर ४४ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ३५.४२ प्रतिशतले घटेर २० करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।
लघुवित्तको चुक्तापुँजी यस अवधिसम्म २१.४९ प्रतिशतले बढेर ६५ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १.५५ प्रतिशतले बढेर कोषमा ३७ करोड ११ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६० पैसा रहेको छ ।
यस अवधिसम्म कम्पनीको सापटी ३ अर्ब ३८ लाख रुपैयाँ, निक्षेप संकलन १ अर्ब ९७ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।













