कोषको आकार बढाउँदा किसान लघुवित्तको नाफा घट्यो, ६ अर्बको कर्जा परिचालन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १२ करोड ३९ लाख १० हजार रुपैयाँ खुद नाफा आजर्न गर्न सफल भएको छ ।
संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा ८.०९ प्रतिशतले घट्न पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्ममा लघुवित्तले १३ करोड ४८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको संचालन मुनाफा बढेपनि खुद ब्याज आम्दानी घटेसँगै नाफामा सामान्य गिरावट आएको हो । अघिल्लो आवको असार मसान्तसम्म ३९ करोड ९९ लाख ७३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस अवधिसम्म ९.४१ प्रतिशतले घटेर ३६ करोड २३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा भने १९.५९ बढेर १७ करोड ३९ लाख रुपैयाा पुगेको छ । अघिल्लो आवमा यस्तो मुनाफा १४ करोड ५४ लाख रहेको थियो ।
यस अवधिसम्म लघुवित्तको प्रोभिजनमा राइटब्याकेको टेवा खासै नभएको कारण नाफा बढ्न नपुगेको हो । अघिल्लो आवमा ६ करोड ४१ लाख रुपैयाँ उठाएको खराब कर्जा लघुवित्तले यस अवधिसम्म जम्मा २ करोड २७ लाख रुपैयाँ मात्रै खराब कर्जा उठाएको छ ।
समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेकोमा रिजर्भको आकार भने ८५ प्रतिशतले बढेर २७ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ । अघिल्लो आवमा १४ करोड ९९ लाख रुपैयाँ मात्रै कोषमा संचित रहँदा यस अवधिसम्म लघुवित्तले कोषको आकार बढाउँदा नाफामा सुधार नदेखिएको हो ।
त्यस्तै, यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, लघुवित्तको सापटी ४ अर्ब ८३ करोड, निक्षेप संकलन १ अर्ब ३८ करोड र कर्जा परिचालन ६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।













