नेष्डो समृद्ध लघुवित्तका दुई संचालकद्धारा सपथ ग्रहण

३० श्रावण २०७९, सोमबार १२:३३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक विप्लव हमाल र एन्जल श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कम्पनीको गत असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहतर्फबाट हमाल र श्रेष्ठ संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही अनुसार साउन २९ गते दुई संचालकले कम्पनीका अध्यक्ष तथा संचालक समितिका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*