बैंक अफ काठमाण्डूको शेयरधनीलाई लाभाशं लिन आग्रह

३० श्रावण २०७९, सोमबार १४:५५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभाशं लिन आग्रह गरेको छ ।

बैंकले २०७०र७१ मा शेयरधनीहरुलाई वितरण गर्न भनि घोषणा गरिएको नगद लाभाशंमध्ये २४ लाख ३० हजार रुपैयाँ हालसम्म केहि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभाशं लिन बैंकले आग्रह गरेको हो । साथै आर्थिक वर्ष २०७०र७१ भन्दा अघि संकलन नभएको लाभाशं लगानीकर्ता संरक्षण कोषमा जम्मा भएको जनाएको छ ।

लाभाशं रकम लिन बाँकी शेयरधनीहरुले विवरण बैंकको वेवसाइटबाट हेर्न सकिन्छ । थप जानकारीका लािग बिओके क्यापिटल मार्केटमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*