नबिल बैंकमा बिना धितो मोबाइलबाटै कर्जा लिन सकिने

१ भाद्र २०७९, बुधबार ११:४८

काठमाडौं । नबिल बैंकले  बिना धितो मोबाइलबाटै कर्जा लिन नबिल फोनलोन – क्यू आर मर्चेन्ट सञ्चालन गरेको छ ।  बैंकले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि सो सुबिधा सञ्चालन गरेको  हो ।

बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

उक्त सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

शुरुवाती चरणमा व्यवसायीहरुले रु १ लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*