समृद्धि फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

२ भाद्र २०७९, बिहीबार १०:५३

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*