सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार?
२ भाद्र २०७९, बिहीबार ११:००

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रूपैयाँ कायम भएको छ । मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको छ ।













