लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
२ भाद्र २०७९, बिहीबार ११:५८

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए पछि कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
कम्पनीका शेयरधनी रविन पुडासैनीले आफ्नो नाममा रहेको १५ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन । उक्त शेयर खरिदका लागिे १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी कम्पनीका बिद्यमान संस्थापक शेयरधनीलाई केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।
उक्त तोकेको समयमा बिद्यमान शेयरधनीबाट शेयर खरिद नभएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको हो ।













