मेगा बैंकको ‘मेगा म्याजिक मुद्दति योजना’ सञ्चालनमा, यस्ता छन् सुबिधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सेवाको लागि नयाँ ‘मेगा म्याजिक मुद्दति योजना’ खाता सञ्चालमा ल्याएको छ । सो खाताबाट ग्राहकले ६ गुणासम्म प्रतिफल पाउने भएका हुन ।
मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिनाभित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिनाभित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने भएका छन् ।
बैंकको यो म्याजिक मुद्दति निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधिअनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ। यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।
आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दति खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकलाई मेगा बैंकले आग्रह गरेको छ ।













