माछापुच्छ्रे बैंकले शेयरधनीलाई लाभांश लिन आग्रह

२ भाद्र २०७९, बिहीबार १२:३२

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३।७४ देखि २०७६।७७ सम्म वितरण गरेको नगद लाभांश हालसम्म पनि नलिएका शेयरधनीले यथाशीघ्र लिन आग्रह गरेको हो । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीहरूलाई पनि कम्पनीले यथाशीघ्र अभौतिकीकरण गरी आफ्नो डिम्याट अद्यावधिक गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७३।७४ देखि २०७६।७७ मा शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले आफ्ना परिचयपत्रसहित कम्पनीको शेयर विभाग, पुतलीसडकमा सम्पर्क राखी लाभांश रकम लिन सक्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*