एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’, ५ हजारसम्म क्यासब्याक पाउने

२ भाद्र २०७९, बिहीबार १६:४०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना
एनएमबि स्मार्ट नारी बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप सो योजना
अन्तर्गत ग्राहकहरूले मेडिकल, स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यासब्याक पाउन सक्ने भएका छन् ।

उक्त सुबिधा अन्तर्गात ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्ने भएका छन् । सो योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न हुनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*