प्रभु बैंक छिरेको पाँच वर्षमै कर्पाेरेट अफिसर, सात वर्षमा चिफ अपरेटिङ अफिसर बनिन् रश्मी पन्त

काठमाडौं । प्रभु बैंकमा एकै पटक एक हजार कर्मचारीको बढुवा गरेपछि मर्जर प्रक्रियामा रहेको अर्को बैंक सेन्चुरीमा हलचल मच्चिएको छ तर यो भन्दा बढि हलचल प्रभु बैंकमै मच्चिएको छ । कारण केही वर्षअघि बैंक छिरेकी एक महिला कर्मचारीको अस्वाभाविक र प्रश्नै प्रश्नले घेरिएको बढुवा प्रक्रिया ।
सन् २०१५ मा प्रभु बैंक बिजनेश प्लानिङ अफिसरको रुपमा बैंक छिरेकी रश्मी पन्तलाई पाँच वर्षभित्रैमा चिफ अपरेटिङ अफिसर बनाइएको थियो । पन्तलाई प्रभु बैंकको व्यवस्थापनले अस्वाभाविक बढुवा गरी सिनियरहरु भन्दा अगाडि सारेपछि सो बैंकमा कार्यरत इमान्दार कर्मचारीहरुको मनोबल खस्किदै आएको छ ।
बर्षौदेखि बैंकमा काम गर्दै आएका, पन्तभन्दा कैयौं गुणा बढि सिनियहरुलाई समेत पाखा लगाएर सन २०२० मा मानव संशाधन विभाग तथा कर्पाेरेट अफिसर सिओ, (वेभसाइटमा सिओओ चिफ अपरेटिङ अफिसर उल्लेख छ) बनाइएकी रश्मी पन्तको विषयमा उतिबेला पनि कुरा उठेको थियो । तर, व्यवस्थापनले कुरा उठाउने कर्मचारीहरुलाई सेटिङ गरेर थामथुम पारेकोमा अहिले पुनः चिफ अपरेटिङ अफिसर पदमा बढुवा गरेपछि अर्को प्रश्न उठेको छ ।
कर्मचारीहरुले उठाएको प्रश्नको विषयमा जवाफ नदिई सिईओ अशोक शेरचन विदेश उडेपछि प्रभु बैंकभित्र कर्मचारीहरुको आक्रोस भुसको आगो झै सल्किदै गइरहेको एक कर्मचारीले बताए । सो सम्बन्धमा शेयर लगानीकर्ताहरुको समेत चासो हुन थालेपछि सिईओ शेरचन विदेश उडेको बताइन्छ । * अपडेट गरिएकाे ।













