सिटिजन्स र माछापुच्छ्रे बैंकको अबरुद्ध सेवा सुचारु

५ भाद्र २०७९, आईतवार १२:३०

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु सिष्टम मर्मतको लागि बन्द गरिएकोमा हिजोबाट सञ्चालनमा आएका छन् ।

सिटिजन्स बैंकले बैंकको स्वीच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध भएकोमा हाल सो परिक्षण सफल भई सञ्चालनमा आएको हो ।

*यसअघि यसै समाचारमा अन्यथा पर्न गएकोेमा सम्पादन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*