महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

६ भाद्र २०७९, सोमबार १०:३१

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले यस अघि ३५ दिने सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनीहरुका लागि नै बिक्रीका लागि आह्वान गरिएकोमा विद्यमान संस्थापक शेयरधनीबाट सो अवधिभित्र आवेदन नपरेको कारण कम्पनीले सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले संस्थापक शेयरधनी दुर्गा नन्द चौधरीको नाममा रहेको २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनी, जो कोही ब्यक्ति तथा संघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय रजिष्टार्ड कार्यालय अग्नीसाइर, कृष्णासवरण–६ महुली, सप्तरीमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*