सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठ पुनः नियुक्त

६ भाद्र २०७९, सोमबार ११:४०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुयोग श्रेष्ठ पुन नियुक्त भएको छ । बैंकको साउन ६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठको कार्यकाल थप गरिदिएको हो ।

उनको सिइओ पदको कार्यकाल यहि भदौ १६ गते सकिने भएको हुँदा संचालक समितिले यही भदौ १७ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि चयन गरेको हो ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया, नयां दिल्लीबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । श्रेष्ठले वाणिज्य तथा विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो समयदेखि बैकिङ्ग अनु्भव हासिल गरिसकेका छन् ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएमबाट बैकिङ सेवा दिदै आइरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*