धौलागिरी लघुवित्तको आइपीओ बुधवार मात्रै बाँडफाँड हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि बुधवार मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । तर समय भने निश्चित भैनसकेको क्यापिटलले जनाएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिने छ ।
अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।













