३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?
७ भाद्र २०७९, मंगलवार १०:५३

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।
सोमवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको थियो ।













