अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
७ भाद्र २०७९, मंगलवार ११:२७

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।













