आइएमई लाइफको दुई दिने विजनेस म्यानेनजर सम्मेलन सम्पन्न

८ भाद्र २०७९, बुधबार १३:५८

काठमाडौं । आइएमई लाइफको पोखरामा दुई दिने म्यानेनजर विजनेस सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका सिईओ कवि फुयाल, सिएमओ दिनेश अमात्य, सिएमओ कर्मराज पौडेल, अण्डरराईटिङ हेड सुदीप राणा, मानव संसाधनका मनोज कुमार चौधरीको उपस्थितीमा कार्यक्रममा सम्पन्न भएको हो ।

त्यस्तै, कार्यक्रममा सबै प्रदेशका प्रदेश प्रमुख, एरिया म्यानेजर, एरिया म्यानेनजर र उत्कृष्ट ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नयाँ आर्थिक बर्षको योजना र पुरानो आर्थिक बर्षको समिक्षा गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आइएमई लाइफ सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*