३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?
८ भाद्र २०७९, बुधबार ११:०३

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।
मंगलवारका दिन नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको थियो ।













