सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । सो शेयरको बिक्री मूल्य संस्थापक शेयरधनीले तोके बमोजिम हुने जनाएको छ ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्पापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभ्रपलाञ्चोकमा आईपुग्नेगरी निवेदन दिनुपर्नेछ ।
लघुवित्तले योभन्दा अगाडी नै विद्ययमान शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । उक्त अवधिमा पूरा संस्थापक शेयर बिक्री नभएकाले पुन सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।













