सनराइज बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

८ भाद्र २०७९, बुधबार १२:५२

काठमाडौं । सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ ।

बैंकले १० वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको ‘सनराइज डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशनको अनुमति माग्दै बोर्डमा भदौ २ गते निवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाएमा बैंकले अंकित मूल्य प्रतिकित्ता १००० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*