अब लघुवित्तहरुले बीमा हुने निक्षेपको सीमासम्म ग्राहकबाट निक्षेप सङ्कलन गर्न पाउने

८ भाद्र २०७९, बुधबार १७:२४

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको सिइओ कन्फ्रेन्स सम्पन्न भएको छ।सम्मलेनमा नेपालको अर्थतन्त्रमा लघुवित्त वित्तीय संस्थाका योगदान, लघुवित्त वित्तीय संस्थाको अहिलेको अवस्था, यस क्षेत्रमा देखिएका समस्या र समाधानका बिषयमा छलफल भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको २०७९ भदौ ५ गते धुलीखेल, काभ्रेमा सम्पन्न भेलाले बिभिन्न ८ वटा विषयहरुमा आफ्नो धारणा, प्रतिवद्धता एवम् निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको छ।

सम्मेलनमा संस्थाहरुका सीईओंहरुले आफ्नो ग्राहक सदस्यलाई उनीहरुको क्षमता, कर्जा सूचना केन्द्र सम्वन्धी विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रही मात्र कर्जा प्रदान गर्ने प्रतिबद्दता जनाएका छन्।

त्यस्तै कर्जा सूचना केन्द्रवाट कर्जा सूचना लिंदा हाल लिने गरेको कर्जा सूचना शुल्क रु. ५० वढी देखिएकोले त्यसलाई पुनर्विचार गर्न कर्जा सूचना केन्द्रसँग अनुरोध गर्ने, बहु कर्जावाट हुने विकृति र क्षमता भन्दा वढीको ऋण रोक्न एक जना ग्राहकलाई वढीमा ३ वटा लघुवित्त वित्तीय संस्थाले मात्र कर्जा लगानी गर्ने । यसरी कर्जा लगानी गर्दा पनि एकल ग्राहक सीमा ननाघ्ने गरी मात्र लगानी गर्ने, ऋणीले जुन प्रयोजनको लागि कर्जा माग गरेको हो सोही प्रयोजनमा लगानीको सुनिश्चित गरेर मात्र लगानी गर्ने प्रतिबद्दता जनाएका छन्।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई बिपन्न वर्ग कर्जा अन्तरगत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी व्याजदर निर्धारण गर्नु पर्ने मौद्रिक नीति तथा सो पश्चात जारी गरिएको निर्देशनको प्रावधानले लघुवित्त वित्तीय संस्थाको ब्याजदर वांछित सीमा भित्र राख्न ठुलो सहयोग पुग्ने देखिएकोले यो व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिने निर्णय गरेको छ।

लघुवित्त वित्तीय संस्थाको कर्जाको व्याजदर लागतको आधारमा निर्धारण गर्दा ब्याजदर सम्वन्धी विवाद नहुने र ब्याजदर निर्धारण पारदर्शी तथा बैज्ञानिक समेत हुने भएकोले अन्य बैंक तथा वित्तीय संस्था जस्तै आधारमा व्याजदर निर्धारण गर्ने व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ।

अन्य प्रतिबद्दतहरु

(ग) ऋणको ब्याजदर तथा शर्तहरु निर्धारण गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही ग्राहक तथा लघुवित्त वित्तीय संस्था दुवैको दिगोपना हुने गरी व्याजदर र सेवा शुल्क निर्धारण गर्ने ।

(घ) संस्थाले विना धितो तथा धितो जमानीमा प्रवाह गर्ने विभिन्न कर्जा तथा निक्षेपको व्याजदर बारेमा ग्राहकलाई स्पष्ट जानकारी दिने गरी प्रत्येक शाखा कार्यालयहरुमा सूचना पाटी सबैले देख्ने स्थानमा राख्ने ।

४. वित्तीय स्रोत व्यवस्थापन

(क) नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा नीतिको कारणले लघुवित्त क्षेत्रको कर्जा लगानीको श्रोत व्यवस्थापन भई यस क्षेत्रको विकास र विस्तारमा अहम् भूमिका रहँदै आएकोमा हालै जारी भएको मौद्रिक नीति २०७९र८० ले लघुवित्त वित्तीय संस्थाले आफ्नो पूँजी कोष बराबरको ऋणपत्र जारी गरी श्रोत व्यवस्थापन गर्न सक्ने व्यवस्थाले श्रोत व्यवस्थापनमा नयाँ विकल्प थप भएको छ । यस व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद सहित आभार प्रकट गर्ने।

(ख) लघुवित्त क्षेत्रको दीर्घकालीन श्रोत व्यवस्थापन गरी श्रोतमा आत्मनिर्भर वन्न निम्न लिखित व्यवस्थाको लागि नेपाल राष्ट्र बैंक संग निरन्तर अनुरोध गर्ने।

(अ) लघुवित्त वित्तीय संस्थाहरुले बचतको स्किम अन्तर्गत सदस्यलाई उपलब्ध गराउदै आएको आवधिक वचत खाता खोल्न नेपाल राष्ट्र बंैकबाट रोक लगाइएको व्यवस्थालाई संशोधन गरी आवधिक बचत खाता खोल्न पाउने ।

(आ) न्यूनतम योग्यता पुरा गरेका लघुवित्त संस्थाहरुले निक्षेप तथा कर्जा सुरक्षण कोषमा बीमा हुने निक्षेपको सीमासम्म सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्न पाउने व्यवस्था गर्ने ।

५. वित्तीय साक्षरता तथा ग्राहक क्षमता अभिबृद्धि सम्वन्धमा

ग्राहकहरुलाई वित्तीय सेवा सम्वन्धी जानकारी गराउन, निजहरुको सशक्तिकरण गरी सफल व्यवसायी बनाउन उद्यमशीलता विकास, वित्तीय साक्षरता तथा ग्राहक क्षमता अभिबृद्धि कार्यक्रमलाई निरन्तर अघि वढाउने ।

६. ग्राहक संरक्षणका सिद्धान्तहरुको पालना सम्वन्धमा

ग्राहक संरक्षणका सिद्धान्तहरुको पूर्ण रुपमा पालना गर्दै लघुवित्त सेवा प्रदान गर्ने गराउने कुरामा हामी दृढतापूर्वक लाग्ने।

(क) ग्राहकको चाहना र आवश्यकता अनुसार उपयुक्त वित्तीय सेवाहरु ९ँष्लबलअष्ब िएचयमगअतक० वनाई उपयुक्त तरीकाले ती सेवाहरु प्रदान गर्ने

(ख) ग्राहकको कर्जा तिर्न सक्ने क्षमता तथा परियोजनाको आवश्यकता विचार गरी निजहरु ऋणको भारमा नपर्ने गरी मात्र कर्जा प्रवाह गर्ने

(ग) लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवाहरुको व्याजदर, सेवा शुल्क र अन्य शर्तहरु प्रस्ट संग बुझ्ने गरी प्रयाप्त सूचना प्रदान गर्ने

(घ) ग्राहकसँग कारोबार तथा व्यवहार गर्दा निजहरुको आत्मसम्मानमा चोट नपुग्ने गरी सम्मानजनक व्यवहार गर्ने

(ङ) ऋणको ब्याजदर तथा शर्तहरु निर्धारण गर्दा ग्राहक तथा लघुवित्त वित्तीय संस्था दुवैको दिगोपना हुने गरी उपयुक्त व्याजदर र सेवा शुल्क निर्धारण गर्ने ।

(च) प्रचलित कानूनले बाध्य पारेको अवस्थामा बाहेक ग्राहकहरुको व्यक्तिगत विवरण तथा कारोबारको गोपनियता कायम गर्ने ।

(छ) ग्राहकहरुको गुनासो, मर्का र सुझाव सुन्ने संयन्त्रहरुको विकास गर्ने ।

७. कर्मचारी भर्ना

(क) अर्को कुनै लघुवित्त संस्थामा कार्यरत कर्मचारीलाई आफ्नो वित्तीय संस्थामा नियुक्त गर्दा निज कर्मचारीले अघिल्लो कार्यालयबाट राजिनामा स्वीकृत भएको पत्र पेश गरेमा मात्र नियुक्ति दिने ।

(ख) लघुवित्त क्षेत्रमा काम गरिरहेका कर्मचारी भर्ना गर्दा नीजको विषयमा सम्वन्धित लघुवित्त संस्था संग चभाभचभलअभ अजभअप गरी मात्र भर्ना गर्ने ।

(ग) अनियमितता तथा खराव आचरण व्यवहारको कारण बर्खास्तमा परेका कर्मचारीहरुको अभिलेख नेपाल लघुवित्त बैंकर्स संघले राख्ने । यस कार्यको लागि सम्वन्धित संस्थाले यस्ता कर्मचारीहरुको विवरण नेपाल लघुवित्त बैंकर्स संघमा उपलव्ध गराउने ।

८. अन्य

(क) कर्जा कारोवार गरी प्रगति गरेका सफल उद्यमी ग्राहकहरुको विवरण तयार गरी सम्वन्धित लघुवित्त वित्तीय संस्थाले अभिलेख राख्ने र प्रचार प्रसार गर्ने ।

(ख) कुनैपनि लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाको विपक्षमा प्रचार प्रसार नगर्ने र नगराउने ।

(ग) एउटै कार्य क्षेत्रमा कार्यरत विभिन्न लघुवित्त वित्तीय संस्थाका शाखाहरु बीच समन्वय र सहकार्य गर्ने गराउने ।

(घ) सेवाग्राही सदस्य, कर्मचारी, वित्तीय सेवा र लघुवित्तको न्यूनतम मूल्य मान्यताका सम्बन्धमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्ने ।

(ङ) स्वच्छ, आत्मनिर्भर र उद्यमशीलता विकासमा सहयोग गर्ने लघुवित्त वित्तीय संस्था बनाउन ईमान्दार प्रयत्न गर्ने ।

(च) बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा अन्र्तगत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दु सम्म मात्र प्रिमियम थप गरी व्याजदर निर्धारण गर्नुपर्ने भन्ने सम्बन्धी नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम हुने गरी लघुवित्त वित्तीय संस्थाहरुले हाल उपभोग गरिरहेको कर्जामा समेत लागु हुने गरी गर्न आवश्यक पहल गर्ने ।

(छ) लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्रगति विवरण मासिक रुपमा नेपाल लघुवित्त बैंकर्स संघलाई समेत उपलव्ध गराउने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*