धौलागिरी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
कम्पनीको आइपीओ पहिलो कारोबारका लागि १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुन कोही कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
धौलागिरी लघुवित्तको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा रहेको छ । सोही नेवटर्थको आधारमा उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरि भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको थियो ।
संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गरेका छन् । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् ।













