कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
९ भाद्र २०७९, बिहीबार ११:१९

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी सिशिर मिश्रले आफ्नो नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय पोखरा १० कास्कीमा आवेदन दिन आग्रह गरेको छ ।
उक्त समयमा शेयर विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर बिक्री नभएको खण्डमा प्रचलित कानुन अनुसार अन्य संस्था वा ब्यक्तिलाई बिक्री प्रक्रिया अगाडी बढाईने जनाएको छ ।













