युनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

९ भाद्र २०७९, बिहीबार १२:०७

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा असोज ५ गतदेखि ७ गतेसम्म सञ्चालन हुने भएको हो ।

कम्पनीले सो बीमा अभिकर्ता तालिम अनलाईन माध्यम (जुम) एप मार्फत सञ्चालन गर्ने भएको छ । तालिममा सहभागि योग्यता पुुगेका इच्छुक व्यक्ति तथा संस्थाले भदौ २५ गते भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय थापाथलीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*