सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
१० भाद्र २०७९, शुक्रबार ११:१८

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।
बिहिवारका दिन नेपाली बजारमा सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले बढको थियो ।













