महालक्ष्मी विकास बैंकको महा बचत खाता संचालनमा, सबैभन्दा उच्चतम ब्याजदर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ महा बचत खाता संचालनमा ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महाबचत खाता सार्वजनिक गरेको हो ।
यस बचत खातामा बचत खाताहरु मध्ये सबै भन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
न्यूनतम मौज्दात ५०० रुपैयाँ मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुनेछ । विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।
देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाताखोल्न सकिने कुरा बैंकले जनाएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकीप्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७वटा गरी कुल १०३ वटाशाखाहरु मार्फत करिब ६ लाखगहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।













