नेपाल लाइफको तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध महिला कर्मचारीहरु सहभागी गराई कम्पनीले केन्द्रीय कार्यालयमा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अपरान्ह आयोजित तीजको पर्व सन्ध्यामा महिला कर्मचारीहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा कम्पनीका केन्द्रीय कार्यालय र राजधानीका तीन वटा जिल्लामा रहेका शाखा कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुली, नेशनल सेल्स हेड उप महाप्रबन्धक उमापति पोखरेल, बरिष्ठ सहायक महाप्रबन्धक ओम प्रकाश पुडासैनी, योजना तर्जुमा तथा रणनीति विभाग प्रमुख अमित कयाल तथा कम्पनी सचिव बिनोद भुजेलको उपस्थितिमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा सिईओ पराजुलीले महिला कर्मचारीहरुलाई तीजको अवसरमा शुभकामना ज्ञापन गर्दै कम्पनीको आगामी रणनीतिबारे चर्चा गरेका थिए । कार्यक्रममा सबै विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो भने दर्जनौं महिला दिदीबहिनीहरु सहभागी भएका थिए ।













