एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
१२ भाद्र २०७९, आईतवार १०:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म बिक्री तथा खुल्ला गरेको एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो ।
बैंकले ६ वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य १००० रुपैयाँ दरका २० लाख कित्ता बाँडफाँड गरेको हो । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा ऋतपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँड गरेको हो ।
उक्त ऋणपत्र तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।













