ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
१२ भाद्र २०७९, आईतवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।
शुक्रवारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।













