सानिमा बैंकद्धारा सि – आस्वा शुल्क नलिने निर्णय
१२ भाद्र २०७९, आईतवार १३:१६

काठमाडौं । सानिमा बैंकले सि – आस्वा शुल्क नलिने निर्णय गरेको छ । बैंकले भदौ ५ गतेदेखि लागू हुने गरी सम्पूर्ण सि – आस्वा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।
नेपाल धितोपत्र बोर्डले अधिकतम सि – आस्वा शुल्क ५ रुपैयाँ दिन पाउने ब्यवस्था सुरु गरेसँगै सानिमा बैंकले निशुल्क ब्यवस्था गरेको हो । यसअघि बैंकले सि – आस्वा शुल्क २० लिने गरेको थियो ।
यस बैंकसँगै आस्वा शुल्क नलिने बैंकको सख्या ५ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकले सि – आस्वा शुल्क लिदैनन् ।













