नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

१२ भाद्र २०७९, आईतवार १७:२१

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिएको छ । बैंकले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्न सेबोनसमक्ष अनुमति मागेको हो ।

बोर्डबाट अनुमति पाएपश्चात बैंकले आफ्ना शेयरधनीहरुलार्ई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*