हिमालयन रि इन्स्योरेन्सको लगानी ७ अर्ब माथि, लगानी वाणिज्य बैंकको मुद्धती निक्षेपमा सिमित

काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा हिमालयन रि इन्स्योरेन्सको ७ अर्ब ४४ करोड रुपैयाँ रकम दुई शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ४४ करोड रुपैयाँ बैंक तथा वित्तिय क्षेत्रमा लगानी गरेको देखिएको छ ।
हिमालयन रि इन्योरेनस कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा क वर्ग बैंकको मुद्धती निक्षेप गरि ६ अर्ब ८५ करोड रुपैयाँ मुद्धती निक्षेपमा जम्मा गराएका छन् ।कम्पनीले ख र ग बर्गको बैंक तथा वित्तिय संस्थामा भने रकम जम्मा गराएको छैन ।

पुनर्बीमा कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेको गरेको छै्रन ।
असार मसान्तसम्ममा पुनर्बीमा कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा सबैभन्दा धेरै लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले बाणिज्य बैंकहरुमा झण्डै ७ अर्ब रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, पुनर्बीमा कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ५८ करोड ९० लाख रुपैयाँ रकम जम्मा गराएको छ। ।बीमा समितिले लगानी निर्देशिका ल्याएर विविध क्षेत्रमा लगानी गर्ने निर्देशनहिमालयन रि इन्स्योरेन्स कम्पनी नयाँ भएको कारण बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ।
कम्पनीले गएको वर्ष लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको थियो। तर अन्य क्षेत्रमा लगानी गर्दा जोखिको विश्लेषण गर्नु पर्ने भएकाले कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ।
कम्पनीले नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य क्षेत्रहरुमा समेत लगानी गरेको छैन ।
समग्र बीमा कम्पनीहरुले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि तथा पूर्वधारको क्षेत्रमा भने नगन्य लगानी देखिन्छ।
बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार पुनर्बीमा कम्पनीले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाँउछ ।
साथै, सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्युचअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, पुनर्बीमा कम्पनीले घरजग्गाको क्षेत्रमा, सूचीकृत कम्पनीको शेयरमा यस अवधिमा लगानी नगरेको बीमा समितिको तथ्यांकले देखाउँछ ।













