ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
१३ भाद्र २०७९, सोमबार १०:५५

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ ।
आइतवारका दिन नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।













