कामना सेवा र हिबाची प्लेसबीच आकर्षण छुट सम्झौता
१३ भाद्र २०७९, सोमबार ११:०९

काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट आकर्षण छुट सम्झौता भएको छ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने भएका छन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।













