तीजको दिन ३ सय रुपैैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
१४ भाद्र २०७९, मंगलवार १०:५९

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदी भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ ।
सोमवारका दिन नेपाली बजारमा सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।













