तीजको दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१४ भाद्र २०७९, मंगलवार १५:१५

काठमाडौं । मंगलबार शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । आज नेप्से परिसूचक २.१९ अंकले बढेर १९९५ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार आएसँगै केही कम्पनीहरुको शेयरमूल्य बढन पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ । कम्पनीको आज ८.४५ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यस्तै, नबिल ब्यालेन्स्ड् फण्डको ५.३२ प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्किम–१ को ३.४९ प्रतिशत, इमर्जिङ नेपालको ३.३४ प्रतिशत र लक्ष्मी उन्नती कोषको ३.३४ प्रतिशतले बढेको छ ।














