बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

१५ भाद्र २०७९, बुधबार १०:२५

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सात वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १००० रुपैयाँ अंकित मूल्यका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरुलाई बाँडफाँड गरिएको हो ।

बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*