तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुुदैछ कारोबार ?
१५ भाद्र २०७९, बुधबार ११:०६

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ३० रुपैयाँ कायम भएको छ ।
मंगलवारका दिन नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य भने स्थिर रहेको थियो ।













