सनराइज फस्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
१५ भाद्र २०७९, बुधबार ११:४८

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा गरेको छ ।सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तिस लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको जनाएको छ।
साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत कम्पनीले जानकारी गराएको छ।













