एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण २०७७ साल भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ भदौ १४ गते देखि आगामी असोज १२ गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्क (ब्याज)मा छुट दिने भएको हो ।
कम्पनीले एक महिनाभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ । सो का लागि कम्पनीले भदौ १४ गतेसम्ममा नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र उक्त छुट प्रदान गर्ने जनाएको छ ।
साथै कम्पनीका अनुसार २०८० साल भदौ १४ गते भन्दा अघि परिपक्क हुने बीमालेखहरुमा उक्त ब्याज छुट हुनेछैन । त्यस्तै, एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।














