यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
१५ भाद्र २०७९, बुधबार १५:०४

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । गत आर्थिक वर्षको भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज जम्मा एक अर्ब १२ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड ७४ लाख माथिको कारोबार भएको हो ।
त्यस्तै, रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोको ३ करोड २७ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














